काठमाडौं— नेपाली रेललाई दुईतर्फी सञ्चालन गर्ने सहमति नेपाल र भारतबीच भएको छ। नेपाली रेललाई भारतको कोलकाता÷हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिने सहमति हालै नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार अब विराटनगर र भैरहवा…