काठमाडौं– अघिल्लो बुधबार देशभरका भन्सार कार्यालयहरुले करिब १ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । १ अर्ब रुपैयाँभन्दा कम राजस्व उठाउदै आएको भन्सार विभागले एकै दिन कसरी यति धेरै राजस्व उठ्यो भनेर सार्बजनिक बहस चलेको थियो । त्यसको अघिल्लो दिन अर्थात मंगलबार नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सबै भन्सार प्रमुखलाई बोलाएर भन्सार बिन्दुमा…