काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले दुर्गम क्षेत्रमा पनि शाखा विस्तार गरेको छ। इन्भेष्टमेन्टले एकै दिन पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरेको हो। योसँगै अब बैंकको शाखा संख्या ६६ वटा पुगेको छ। ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार…