बंगलादेश र पाकिस्तान नजिकिएपछि भारतलाई कस्तो खतरा ?

काठमाण्डु - यसै हप्ताको सुरुमा पाकिस्तानबाट बंगलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भयो । मालबाहक पानीजहाजमार्फत् बंगलादेशमा उतारिएका कन्टेनरहरू हेर्दा लाग्थ्यो पाकिस्तान र बंगलादेशबीच अब दूरी छैन । अधिकारीहरूका अनुसार पाकिस्तानबाट बंगलादेश आएको यो दशकौं पछिको पहिलो ढुवानी थियो । सन् १९७१ को युद्धपछि यी दुई देश विभाजित भएका थिए । त्यसपछि बंगलादेश…