काठमाण्डु-भारतको मणिपुर तथा आसमको सीमानजिक रहेको जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव भेटिएपछि मणिपुरमा फेरि हिंसा भड्किएको छ । मणिपुरमा शनिबार भीडले इम्फाल उपत्यकाका केही विधायक तथा मन्त्रीको घरमा आक्रमण गरेको थियो । उक्त भीडले थुप्रै गाडीमा आगजनीसमेत गरेको थियो । प्रदर्शनकारीहरूले शनिबार तीन मन्त्री तथा ६ विधायकको घरमा आक्रमण गरेका थिए ।…