काठमाण्डु–हमासले आज गाजामा मृत्यु भएका बन्धकहरुको शव इजरायललाई फिर्ता गर्ने भएको छ। इजरायली अखबार टाइम्स अफ इजरायलका अनुसार बिहीबार साँझसम्म हमासले ४ बन्धकको शव फिर्ता गर्न लागेको हो। ती बन्धकहरूको नाम बुधबार नै हमासले इजरायललाई पठाएको थियो। ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका…