इजरायलले शान्ति सैनिकमाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य : ईयू

काठमाण्डु – युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृंखलालाई पूर्णतया अस्वीकार्य भन्दै निन्दा गरेका छन् । ‘ईयूका २७ सदस्यहरू यूएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्,’ बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि सोमबार पत्रकारहरूसँग भने, ‘संयुक्त राष्ट्रसंघका सेनामाथि आक्रमण…