काठमाण्डु-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसबीच टेलिफोन वार्ता भएको छ । बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दू अल्पसङ्ख्यक समुदायहरूमाथि आक्रमणका समाचारहरू आइरहेका बेला दुई नेताबीच पहिलो पटक कुराकानी हो । कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान परिस्थितिको…