दक्षिण कोरियामा महाअभियोग लगाइएका राष्ट्रपति पक्राउ गर्न घरमै पुगे प्रहरी

काठमाण्डु- दक्षिण कोरियाका महाअभियोग लगाइएका राष्ट्रपतिलाई अनुसन्धानकर्ताहरूले पक्राउ गर्न खोज्दा नाटकीय घटनाहरू भइरहेका छन् । प्रहरी अधिकारीहरू राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका छन् । डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको मार्शल ल लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो । यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई कानुनविपरीत…