इस्लामाबाद– पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । इस्लामाबादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ । अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते अवस्थामा भेटिएकी थिइन् । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार महिलालाई बलात्कार गरेपछि इस्लामावादको जी–६ सेक्टरमा फ्याँकिएको थियो। स्थानीयले पीडित देखेर प्रहरीलाई उजुरी…