बिहार–भारतको बिहार राज्यको वैशाली जिल्लामा करेन्ट लागेर ९ जना तीर्थयात्रीको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा भएको हो । हाइटेन्सन लाइनका कारण यो दुर्घटना भएको बताइएको छ । करेन्ट लागेर ९ तीर्थयात्रीको मृत्यु भएको सदरका एसडीपीओ ओम प्रकाशले बिबिसी हिन्दीलाई बताएका छन्…