बलुचिस्तानमा पृथकतावादीको आक्रमण, ७ सैनिकको मृत्यु

एजेन्सी- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पृथकतावादी समूहले अर्धसैनिक बलको सीमा चौकीमा गोली चलाउँदा सात सैनिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् । नाम नबताउने शर्तमा एक स्थानीय अधिकारीले एएफपीसँग भने, “करिब ४० देखि ५० जना सशस्त्र आतङ्ककारीले कलात जिल्लामा सक्रिय अर्धसैनिक लडाकू समूह ‘फ्रन्टियर कोर बलुचिस्तान’ ले सीमास्थित चौकीमा आक्रमण गर्दा सात सैनिकको मृत्यु…