भियतनामा आँधीका कारण ६० जनाको मृत्यु

एजेन्सी–भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तिमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन्। उत्तरी भियतनामका…