बंगलादेशको अन्तरिम सरकारमा आन्दोलनरत दुई विद्यार्थी नेता पनि

काठमाण्डु-बंगलादेशको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता मन्त्री बनेका छन् । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले हिजो बेलुका बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएसँगै उनको सरकारमा विद्यार्थी नेतासमेत समेटिएका हुन् । युनुसले अन्तरिम सरकारमा १६ सदस्य समावेश गरेका छन् । तीमध्ये नहिद इस्लाम र आसिफ महमुद आरक्षणविरुद्धको आन्दोलनका अगुवा विद्यार्थी नेता हुन् ।…