बेरुत - सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको युद्ध पर्यवेक्षक एक संस्थाले मंगलबार बताएको छ । वासिङ्टनको समर्थन पाएको कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सोमबार सुरु भएको झडपमा देइर एजोर प्रान्तको धेबान क्षेत्रमा…