बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश खैरुल हक पक्राउ

काठमाण्डु- बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हक पक्राउ परेका छन् । डिटेक्टिभ शाखा (डिबी) प्रहरीको टोलीले उनलाई स्थानीय समय अनुसार आज बिहान ८ बजेतिर धानमन्डी निवासबाट पक्राउ गरेको हो । डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका छन् । “हो, हामीले उहाँलाई पक्राउ गरेका छौँ”, इस्लामले भने, “उहाँविरुद्ध तीनवटा…