बङ्गलादेशमा आक्रमणको धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

काठमाण्डु – बङ्गलादेशको आतंकवाद विरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई लक्षित गरी आक्रमण गर्ने चेतावनीपछि गत महिना सुरु भएको खोजतलासीका क्रममा पक्राउ परेका पूर्व सैनिकमाथि सोधपुछ सुरु गरेको छ । पूर्व सैनिक मोहम्मद राहद हुसेन महेदलाई भारतीय सीमा नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उत्तरपूर्वी जिल्लाको मौलभीबजारस्थित प्रहरी चौकीका प्रमुख मोहम्मद मोनिरुज्जमानले बताए ।…