अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै

काठमाण्डु- अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण आउने भएका छन् । उनी सेप्टेम्बरको पहिलो साता काठमाण्डु पुग्ने भएका हुन्। सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ ।…