एजेन्सी - चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताएका छन् । लीले दुवै पक्षलाई एकअर्काका लागि थप खुला गर्न आह्वान गर्दै चीन आफ्नो खुलापनको आधारभूत राज्य नीतिप्रति सदैव प्रतिबद्ध रहने बताए। यसले बजार–आधारित र कानून–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन…