म्याड्रिड - उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नेटो)का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नेटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् । आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नेटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै…