इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी - इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन् । सो…