काठमाण्डु - बेलायतमा भारतीय मुलका ऋषि सुनाक प्रधानमन्त्री बन्ने भएका छन् । सुनाक कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता चयन भएसंगै उनको प्रधानमन्त्री बन्ने निश्चित भएको हो । कन्जरभेटिभ पार्टीबाट सांसद पेनी मोर्डन्ट समेत दलको नेताको प्रतिस्पर्धामा थिईन् । तर, उनले अन्तिम समयसम्म पनि आवश्यक एक सय सांसदको समर्थन जुटाउन नसकेपछि सुनाकको लागि बाटो खुलेको हो…