एजेन्सी - यहाँका करिब ४३ जना अतिवादी हतियारधारीहरु सेनाको कारबाहीमा मारिएका छन् । गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् । नाइजेरियाली सेनाले केही हप्ता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारी अनुसार सो क्षेत्रमा…