बेइजिङ - चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले तेस्रोपटक पनि पार्टी नेताको पाँच वर्षे कार्यकाल सी जिनपिङलाई नै हस्तान्तरण गर्ने अनुमान गरिएको छ। उनी सन् १९७० को दशकका नेता माओत्सेदोङ पछि सम्भवतः सबैभन्दा शक्तिशाली चिनियाँ नेता हुन्। सन् २०१८ मा दुईपटक मात्र पदमा रहन पाइने त्यसअघिको नियम खारेज गरिएपछि हुने त्यस्तो निर्णयले चीनमाथिको उनको पकडलाई थप बलियो बनाइदिनेछ।…