काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको हालैको द्वन्द्वबारे पुनः बोलेका छन् । उनले भारत र पाकिस्तानलाई लडाइँबाट रोकेको दाबी गरेका हुन् । ‘हामीले भारत र पाकिस्तानलाई लडाइँबाट रोक्यौँ । मलाई लाग्छ, यो आणविक प्रकोपमा बदलिन सक्थ्यो,’ ट्रम्पले ओभल अफिसमा पत्रकार सम्मेलनमा भने । ‘हामी एकअर्कालाई गोली हान्ने र सम्भावित रूपमा आणविक हतियार…