एजेन्सी – उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी ११ जना सैनिकको मृत्यु भएको छ । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए । बुर्किना फासो सरकारले एक विज्ञप्ति जारी गर्दै एघार जनाको मृत्यु भएको, २० सैनिकसहित २८ जना घाइते भएको जानकारी दिएको छ…