काठमाण्डु- शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भएको खबर छैन । युएसजिएसका अनुसार भूकम्प स्थानीय समय बिहान ०२ः५२ बजे ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्त नजिकै अफशोरमा गएको थियो । देशको मौसम विज्ञान एजेन्सीले भूकम्पको…