अफगानिस्तान: पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा आफू मजबुत रहेको दुवै पक्षको दाबी

एजेन्सी- तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको बताएका छन् । तर प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन् । पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन् । अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रवार युरोपेली सङ्घ र ब्रिटेनले…