एजेन्सी - हाइटीमा गएको ७.२ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३०४ जनाको मृत्यु भएको छ । शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए…