काठमाण्डु - मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। सरकारले पुर्नगठन हुंदा सेनाका दुई उच्च अधिकारीको जिम्मेवारी फेरिएको केही घण्टामा सेनाले अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री ओउनले एफपीसंग कुरा गर्दै अन्तरिम उपराष्ट्रपति कर्णेल असिमी गोइटा निकट सेनाका अधिकारीले आफुलाई प्रक्राउ गरेको बताएका…