काठमाण्डु– रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक रिपोर्टहरू अनुसार, दुर्घटनामा कोही पनि जीवित नरहेको आशंका गरिएको छ। ‘अंगारा एयरलाइन्स’ द्वारा सञ्चालित एन–२४ मोडेलको विमान चीनसँग सीमा जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो। रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष अमुर क्षेत्रमा जलिरहेको अवस्थामा फेला…