दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिलाई १५ महिना जेल सजाय

एजेन्सी – दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय सुनाएको छ । उनको कार्यकालमा परेको एक भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित हुन दिइएको आदेश अवज्ञा गरेको अभियोगमा पूर्वराष्ट्रपति जुमालाई न्यायाधीश रेमन्ड जोन्डो नेतृत्वको संबैधानिक इजलासले सजाय सुनाएको हो । आफ्नो कार्यकालको अन्त्यतिर सन् २०१८ मा जुमाले भ्रष्टाचारको अभियोगको सामना गर्नुपरेको…