एजेन्सी – डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनको बिबाह तेस्रो पटक पनि रोकिएको छ । प्रधानमन्त्री मेट र उनका प्रेमी बो टेनबर्गबीच हुने भनिएको विवाह युरोपियन युनियनको बैठकका कारण रोकिएको हो । उक्त बैठक जुलाई १७ र १८ मा ब्रसेल्समा हुँदैछ । बैठकमा युरोपियन काउन्सिलका २७ राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखको उपस्थिति रहने बीबीसीले जनाएको छ ।…