टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए

टर्की – टर्कीका सुरक्षाकर्मीहरुले सरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरु मारिएको टर्कीका अधिकारीले बिहीबार जानकारी दिएका छन् । ‘हाम्रा श्रोत तथा संयन्त्रहरूमार्फत हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार इदलिब क्षेत्रमा भएको पछिल्लो घटनामा परी कम्तीमा ५५ जना मारिएका छन्,’ टर्कीको रक्षा…