ट्रम्प र मोदीले चढ्ने विशेष विमानः एयर फोर्स वन र एयर इन्डियामा के अन्तर छ ?

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणकाबीच उनको विशेष विमान एयर फोर्स वनको फेरी चर्चा सुरु भएको छ । विश्वकै सर्वाधिक शक्तिशाली व्यक्ति जब विदेश भ्रमणमा जान्छन्, उनको भ्रमणको समयमा आकाशमा पनि उनको सुरक्षा व्यवस्था कडा पारिएको हुन्छ । एयर फोर्स वनमा सबै सुरक्षा व्यवस्था गरिएको हुन्छ, जसले कुनै पनि हमलालाई निस्तेज पारिदिन्छ ।…