एजेन्सी – कोरोनाभाइरसको लक्षण गम्भीर बन्दै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ । ‘आइतबार साझदेखि प्रधानमन्त्री लन्डनमा रहेको सेन्ट थोमस हस्पिटलमा चिकित्सकहरुको निगरानीमा रहदै आएका छन्’, डाउनी स्ट्रिटका प्रवक्ताले विज्ञप्तिमा बताए । ‘दिउँसोसम्म प्रधानमन्त्रीको अवस्था झनै खराब भएको थियो । चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालमा सघन उपचार कक्षमा सारिएको छ,’…