एजेन्सी – मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री महाथिरले राजासमक्ष राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ । उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न उठ्न थालेपछि उनले राजीनामा बुझाएका हुन् । यसबारे सत्तापक्ष र विपक्षी दल बीचको एक हप्ते वार्तामा नयाँ सरकार गठन गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ ।…