एजेन्सी - अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ । विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार भएको बम विस्फोटमा अन्य ३३ जना घाइते भएका जनाइएको छ । स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो । बिस्फोटनमा मृत्यु हुने मध्य धेरै जना बिद्यार्थी रहेको जनाइएको छ ।…