कोलम्बो – श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, ‘सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष प्रकारको ब्याक्टेरियाको प्रयोग तथा परीक्षण गर्न लागेको छ ।’ मन्त्रालयका उप–महानिर्देशक पावा पालिहवादानले भन्नुभयो, “डेङ्गु सङ्क्रमणलाई रोक्न ‘वोल्बाचिया’ नामक एक प्रकारको ब्याक्टेरियालाई कोलम्बोका…