काठमाण्डु - भारतले पाकिस्तानसँगको दैनिक सीमा समारोह ‘बिटिङ रिट्रिट’ पुनः सुरु गरेको छ। २२ अप्रिलमा कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमण र त्यसपछिको सैन्य तनावका कारण नौ मेबाट यो समारोह स्थगित गरिएको थियो। भारतले अपरेसन सिन्दूरमार्फत पाकिस्तान र पाकिस्तान अधिकृत कश्मीरमा नौ आतंककारी अखडा ध्वस्त पारेको दाबी गरेको थियो, जसको जवाफमा पाकिस्तानले पनि आक्रमण गरेको थियो।…