चीनको सैन्य बजेट खुला र पारदर्शी छ : चिनियाँ विदेश मन्त्रालय

बेइजिङ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गरेपछि बेइजिङले अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ । विश्वव्यापी शान्ति निर्माताका रूपमा आफ्नो दोस्रो कार्यकालमा आफूलाई प्रस्तुत गरेका ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिन र सी जिनपिङसँग ‘परिस्थिति शान्त हुँदा’ शिखर सम्मेलन गर्न चाहेको बताए । “म…