काठमाण्डु – सेवारत प्रहरीमाथि आक्रमण गर्ने २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भई हाल काठमाण्डु–२६ लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यायपधुरा–५ घर भई लैनचौर बस्ने २२ वर्षीय रमेश फुलारा छन् । गत २४ गते राति ड्युटीमा रहेका २ प्रहरीमाथि ठमेलमा कुटपिट गरिएको थियो । ५–६ जनाको…