परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता, कुवेतले नेपालबाट थप २ लाख कामदार लैजाने

काठमाण्डु – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् । एसिया को–अप्रेसन डायलग (एसीडी) को इरानको तेहरानमा भएको १९औं विदेशमन्त्री स्तरीय बैठकमा सहभागी भएर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप २ लाख नेपाली कामदारलाई…