काठमाण्डु-भारत सरकारको सहयोगमा धुलिखेल अस्पतालमा वार्ड भवनको निर्माण भएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत ४ करोड २६ लाख लागतमा निर्मित भवनको भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उद्घाटन गरेका हुन् । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको भारतीय दूतावासले जानकारी दिएको छ ।…