काठमाण्डु – नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौं संस्करण मंगलबार रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कूलमा सुरु भएको छ । श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुनले औपचारिक कार्यक्रमबीच अभ्यासको शुभारम्भ गरेका छन् । नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्व र भारतीय सेनाबाट कर्णेल…