काठमाण्डु - सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको छ । भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचना बनाएको र चारजना नेपालीमाथि ढुंगा प्रहार गरेको विषयमा भारत सरकारलाई कूटनीतिक नोट पठाएको हाे । सो सम्बन्धमा नेपालको धारणासहितको कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पुष्टि गरिन् । मंगलबार परराष्ट्र…