काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ । उनीहरुबीच भएको भेटवार्तामा नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको छ । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरेका छन् ।…