भारतदेखि पोर्चुगलसम्मका ७ राजदूत फिर्ता बोलाउने सरकारको तयारी

काठमाण्डु – सरकारले भारतदेखि पोर्चुगलसम्मका ७ राजदूत फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सम्मिलित गठबन्धन छाडेर नेकपा एमालेसँग मिलेपछि केही राजदूत फिर्ता बोलाउने तयारी थालिएको छ । नयाँ गठबन्धन सरकारले नेपाली कांग्रेसले राजनीतिक रूपमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । मन्त्रिपरिषद्को आगामी बैठकले राजदूत फिर्ता बोलाउनेबारे…