चीन जानुअघि परराष्ट्रमन्त्री श्रेष्ठद्वारा आन्तरिक परामर्श, यी एजेन्डा समेट्न सुझाव

काठमाण्डु – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जानुअघि आन्तरिक परामर्श गरेका छन् । भ्रमणलाई फलदायी बनाउन मन्त्री श्रेष्ठले शनिबार विभिन्न मन्त्रालयका उच्च पदस्थ अधिकारीसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा विगतमा चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका छन् । छलफलका क्रममा ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा…