काठमाण्डु – अमेरिकाले अनुदानमा उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाण्डु आइपुगेको हो । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल…