काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रीलंकका विदेशमन्त्री दीनेश गुणवार्डनाबीच टेलिफोनवार्ता भएको छ । आइतबार दुवै देशका विदेशमन्त्रीबीच टेलिफोनवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा दुई देशबीचका पारस्परिक विषयहरूमा छलफल भएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।